नक्कली नोटको कारोबारमा संलग्न रहेको अभियोगमा सुनचाँदी पसलका संचालक पक्राउ
barnanmedia.com · Wed Nov 06 21:43:57 UTC 2024

काठमाडौं, २१ कात्तिक : चाँदीको जस्तो देखिने नक्कली नोटको कारोबारमा संलग्न रहेको अभियोगमा भक्तपुर सूर्यविनायक नगरपालिका-८ सिपाडोलस्थित ईन्द्र ज्वेलर्स सुनचाँदी पसलका संचालक भक्तपुर नगरपालिका-७ बस्ने ३० वर्षीय सोहिल शाक्यलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं उपत्यकाका विभिन्न स्थानहरूमा नेपाल राष्ट्र बैंकबाट जारी गरेको नेपाली एक हजार र ५ सय दरका नोट जस्तो देखिने चाँदीको नक्कली नोटहरू (खोटा मुद्रा) निर्माण गरी कारोबार समेत भइरहेको भन्ने सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्यूरोबाट cखटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)