मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रधानमन्त्रीको शपथ विवाद : सर्वोच्चद्वारा कारणदेखाऊ आदेश, अन्तरिम आदेश दिन अस्वीकार

nayapatrikadaily.com · Wed May 19 00:07:00 GMT 2021

प्रधानमन्त्री केपी ओलीले संविधानअनुसार शपथ नलिएको भन्दै परेका रिटमा सर्वोच्च अदालतले १५ दिनभित्र कारण देखाउन सरकारका नाममा आदेश दिएको छ । प्रधानमन्त्री र राष्ट्रपति कार्यालयले महान्यायाधिवक्ताको कार्यालयमार्फत बाटोको म्यादबाहेक १५ दिनभित्र जवाफ बुझाउनुपर्नेछ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले यस्तो आदेश दिएको हो । यद्यपि, पुनः शपथ नलिएसम्म प्रधानमन्त्रीका हैसियतमा काम–कारबाही गर्नु नदिन माग गरिएको अन्तरिम आदेशका विषयमा भने सर्वोच्च मौन बसेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)