मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भिजिट भिसा ठगीमा कर्मचारीमाथि मात्र होइन रमेश लेखक र नारायणकाजीमाथि अनुसन्धान हुनुपर्छ

barnanmedia.com · Sat May 24 22:39:24 GMT 2025

रोजगारीको खोजीमा भौंतारिरहेका नेपाली नागरिकलाई खाडी मुलुक अनि युरोप लगिन्छ। कामदार भिसामा होइन भिजिट भिसा अर्थात् घुमफिर। घुमफिर उद्देश्य होइन उतै बसेर काम गर्ने योजना। यसरी सोझासाझा नागरिक सिधै भिजिट भिसामा जान पाउने त भएनन्। सुरु हुन्छ दलाली। एजेण्टबाट सुरु हुन्छ, म्यानपावर कम्पनी, अध्यागमनका कर्मचारीसँगको े सेटिङले मात्र पुग्दैन। त्यसमा अध्यागमनका हाकिम, गृह प्रशासन र मन्त्रीको मिलेमतो हुन्छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विमानस्थल अध्यागमन प्रमुख तीर्थराज भट्टराई नियन्त्रणमा लिएर भिजिट भिसा सेटिङको अनुसन्धान थालेपछि अहिले सिंहदरबारमा हलचल छ। अख्तियारले भट्टराईलाई हाजिरी हुनेगरी छाडे पनि अहिले छानबिन गरिरहेको छ। अख्तियारले खगेन्द्र सुवेदी, कविता पौडेल र बालकृष्ण बस्नेतलाई पक्राउ गरेको छ । अख्तियारले नियन्त्रणमा लिएका कम्प्युटर, मोबाइललगायतका डिभाइस फरेन्सिक परीक्षणका लागि प्रयोगशालामा पठाइएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)