टिकटकर अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश
barnanmedia.com · Fri Jun 05 03:00:32 GMT 2026

काठमाडौं । जिल्ला अदालत ललितपुरले टिकटकर तुलसा भन्ने तुल्सी अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ। न्यायाधीश टेकनाथ गौतमको इजलासले बिहिबार अधिकारीलाई पुर्पक्षका लगि थुनामा पठाउने आदेश गरेको हो।
आदेशमा भनिएको छ, ‘थप प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुने गरी हाल प्रतिवादीलाई हुनसक्ने सजाय समेतलाई दृष्टिगत गर्दा निज प्रतिवादी तुलसा भन्ने तुल्सी अधिकारीलाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६७(१) बमोजिम थुनामा राख्न ऐ. दफा ८० बमोजिम थुनुवा पुर्जी दिइ सम्बन्धित कारागार कार्यालयमा थुनामा राख्न पठाइदिनु’ अदालतले बयानमा उल्लेख गरेको अवस्था, बैंक खाता, सुनको विवरण हेर्दा तत्काल प्राप्त प्रमाणका आधारमा अधिकारी कसुरदार होइन भन्न मिल्ने अवस्था नभएको उल्लेख गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)