मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विमानस्थलमा प्रहरी-कर्मचारी हातपात : भिजिट भिसा छानबिनले बढायो अविश्वास

ekantipur.com · Sun Jan 28 00:38:17 GMT 2024

काठमाडौँ — अध्यागमनका कर्मचारी र प्रहरीबीच शुक्रबार भएको हातपात घटनाका सम्बन्धमा गृह मन्त्रालयले छानबिन समिति गठन गरेको छ । मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा शुक्रबारै तीन सदस्यीय समिति बनाएको हो । समितिमा नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक राजेशनाथ बास्तोला र सीमा तथा अध्यागमन प्रशासन शाखाका उपसचिव कुलबहादुर जीसी सदस्य छन् । समितिलाई तीन दिनभित्र प्रतिवेदन पेस गर्न कार्यादेश दिइएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ड्युटीमा खटिएका प्रहरी र अध्यागमन कार्यालयका कर्मचारीबीच कार्यस्थलमै एकअर्कामाथि हातपात भएको थियो । प्रहरीले विमानस्थल अध्यागमन कार्यालय प्रमुख गोगनबहादुर हमाल र अध्यागमन अधिकृत छायालाल मोक्तानलाई हातपात गरेको कर्मचारीको भनाइ छ भने ड्युटीमा रहेका असई प्रकाश चौधरी र एक प्रहरी जवानलाई मोक्तानसहितका कर्मचारीले कुटपिट गरेको प्रहरीले बताएको छ । सीसी क्यामरा फुटेजमा समेत मोक्तान र प्रहरी जवानबीच भएको वादविवाद र हातपातको दृश्य सार्वजनिक भएको छ । यसमा अन्य अध्यागमन कर्मचारी र प्रहरीसमेत सामेल देखिन्छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)