श्रीलङ्कालाई हराउँदै भारत एसिया कपको फाइनलमा
ratopati.com · Tue Sep 12 23:36:00 GMT 2023
काठमाडौँ । भारत एसिया कप क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । ‘सुपर फोर’ चरणको मंगलबार खेलिएको महत्त्वपूर्ण खेलमा सह—आयोजक श्रीलङ्कालाई उसैको घरेलु मैदानमा ४१ रनले हराउँदै भारत फाइनलमा पुगेको हो ।
टस जिती पहिले ब्याटिङको निर्णय लिएको भारतले ४९.१ ओभरमा अलआउट हुनुअघि दुई सय १३ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको घरेलु टोली श्रीलङ्काले ४१.३ ओभरमा अलआउट हुनुअघि एक सय ७२ रन मात्र बनाउन सक्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)