मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

थुनछेक आदेशविरुद्ध भुटानी अधिकारवादी नेता रिजाल उच्च अदालतमा

ekantipur.com · Tue Aug 08 00:37:31 GMT 2023

ललितपुर — नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने प्रपञ्चमा संलग्न अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका भुटानी अधिकारवादी नेता टेकनाथ रिजालले थुनछेक आदेश बदरको माग गर्दै उच्च अदालत पाटनमा निवेदन दिएका छन् ।

काठमाडौं जिल्ला अदालतले गत असार १ मा दिएको आदेश बदर गरेर आफूहरूलाई सामान्य तारिखमा रिहा गर्नुपर्ने जिकिरसहित उनले सोमबार रिट दायर गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)