मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सल्यानमा मृत भेटिएका आमाछोरीको हत्या भएको हुनसक्ने आशंका

rajdhanidaily.com · Sat Sep 16 23:37:20 GMT 2023

दाङ । सल्यानमा आफ्नै घरमा मृत अवस्थामा भेटिएका आमाछोरीलाई प्रहरीले शंकास्पद मृत्यु भनेको छ । खबर पाए लगत्तै पुगेको प्रहरीले स्थानीयको भनाइ र घटनास्थलको दृष्य फरक देखेपछि घटना शंकास्पद लागेको सल्यानका प्रहरी प्रमुख नवीन कार्कीले बताउनुभयो ।

जिल्लाको त्रिवेणी गाउँपालिका वडा नम्बर २ धामी ढुङ्गा निवासी सुकबहादुरकी श्रीमती ३२ वर्षीया रेवती थापा र उनकी ९ महिने छोरी ऋतुको शव घरमै जलेको अवस्थामा आज बिहान भेटिए पछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । बिहानसम्म स्थानीयले कसैले ग्यास चुहावट भएको त कसैले घरमा आगलागी भएको बताएका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)