कालीकोटमा पूर्वमुख्यमन्त्री शाहीको 'ह्याट्रिक'
ekantipur.com · Fri Nov 25 18:07:31 GMT 2022
कालिकोट — प्रतिनिधिसभामा निर्वाचनमा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य एवं कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीले एमालेका केन्द्रीय सदस्य नगिन्द्र शाहीलाई ८ हजार ६४ मतले पछि पार्दै तेश्रो पटक निर्वाचित भएका हुन् ।
उनले यस पटकको चुनाववमा नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा, एकीकृत समाजवादीसहितको साझा उम्मेदवारको रुपमा २३ हजार ७ सय २७ मत पाएर चुनाव जितेका छन् भने एमालेका नगिन्द्रले १६ हजार ७ सय १८ मत पाए । ०७४ को एमाले माओवादी गठबन्धनमा कांग्रेसका युवा नेता भुपेन्द्रजंग शाहीले पनि वाम गठबन्धनसँग प्रतिस्पर्धा गर्दा १६ हजार मत ल्याएका थिए । ०७० मा संविधानसभा सदस्य, ०७४ मा प्रदेशसभा सदस्य निर्वाचित शाही संघीय सरकारमा उर्जामन्त्री र कर्णाली प्रदेशको मुख्यमन्त्री भएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)