राष्ट्रपति बन्न कसरत
ekantipur.com · Tue Dec 13 00:51:15 GMT 2022
काठमाडौँ — निर्वाचनमा कुनै पनि गठबन्धनको सुविधाजनक बहुमत नआएको अवस्थामा भावी राष्ट्रपतिका लागि नेताहरूको दौडधुप चलिरहेको छ । सत्ता गठबन्धन नै बहुमतको नजिक रहेकाले राष्ट्रपतिका आकांक्षी नेता आ–आफ्नो पार्टी र गठबन्धनभित्र अनुकूलता जुटाउने गृहकार्यमा छन् । राष्ट्रपति कुन पार्टीका तर्फबाट हुने भन्ने टुंगो भने लागिसकेको छैन ।
कांग्रेसभित्र प्रधानमन्त्रीको दाबी पेस गरेका धेरैजसो नेताले विकल्पमा राष्ट्रपति बन्ने चाहना राखेका छन् । कांग्रेसमा सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापाले प्रधानमन्त्रीमा दाबी गरिरहेका छन् । नेताहरूका अनुसार आन्तरिक ‘पावर सेयरिङ’ गर्दा आफूले राष्ट्रपति पाए प्रधानमन्त्रीमा देउवालाई समर्थन गर्न पौडेल तयार छन् । कांग्रेसका एक पदाधिकारी भन्छन्, ‘प्रधानमन्त्रीका आकांक्षीमध्ये देउवा र थापाबाहेक अन्य नेता शीतलनिवास प्रवेशका लागि सम्झौता गर्न तयार देखिनुहुन्छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)