‘नो ह्यान्डसेक’
ekantipur.com · Sat Feb 18 01:21:15 GMT 2023
काठमाडौँ — क्रिकेट स्कटल्यान्डले जे संकेत गरेको थियो, कीर्तिपुरस्थित क्रिकेट मैदानमा शुक्रबार त्यही भयो । नाबालिग बलात्कारका अभियुक्त सन्दीप लामिछानेलाई नेपाली राष्ट्रिय टोलीमा समावेश गरिएपछि क्रिकेट स्कटल्यान्ड र क्रिकेट नामिबियाले आफूहरू ‘सचेत रहेको’ यसअघि नै जनाएका थिए । संकेत गरेजस्तै शुक्रबार स्कटिस खेलाडीले लामिछानेसँग हात मिलाएनन् ।
नेपालले विश्वकप लिग २ मा शुक्रबार स्कटल्यान्डमाथि विजय हात पार्यो । ३ खेल खेल्नुअघि नै विजेता बनेको स्कटल्यान्डसँग प्राप्त नेपालको विजयभन्दा बढी चर्चा ‘नो ह्यान्डसेक’ को भयो । अन्तर्राष्ट्रिय संचारमाध्यमले यो घटनालाई संवेदनशील रुपमा लिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)