पाकिस्तान एसिया कप क्रिकेटको सुपर चारमा प्रवेश : हङकङ ३८ रनमा अलआउट
Ujyaaloonline.com · Sat Sep 03 00:55:50 GMT 2022
पाकिस्तान एसिया कप क्रिकेटको सुपर चारमा प्रवेश गरेको छ । गएराति यूएईको सारजाह क्रिकेट मैदानमा भएको खेलमा हङकङलाई १ सय ५५ रनको फराकिलो अन्तरले हराउँदै पाकिस्तान सुपर चारमा पुगेको हो ।
पाकिस्तानले दिएको १ सय ९४ रनको लक्ष्य पछ्याएको हङकङ १० ओभर ४ बलमा ३८ रनमा अलआउट भयो । हङकङका कुनै पनि खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन् । पाकिस्तानका शादब खानले ४, मोहमद नवाजले ३ विकेट तथा नासिम शाहले २ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा २ विकेट गुमाएर १ सय ९३ रन बनाएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)