कतारमा धेरैलाई चकित पारेको अफ्रिकी 'जायन्ट' 'गोल्डेन जेनेरेसन'का साथ उत्रँदै
baahrakhari.com · Wed May 20 07:55:38 GMT 2026

काठमाडौं । चार वर्षअघि कतारमा सम्पन्न फिफा विश्वकप २०२२ को सेमिफाइनलमा पुग्ने एक राष्ट्र हो मोरक्को । यससँगै 'अन्डरडग' मानिने मोरक्को फिफा विश्वकपको सेमिफाइनल पुग्ने पहिलो अफ्रिकी राष्ट्र बन्यो । विश्व फुटबलमा अफ्रिकी ‘जायन्ट’को रूपमा उदाउँदै मोरक्कोले सन् २०२२ को विश्वकपमा धेरैलाई चकित पार्ने प्रदर्शन गर्यो ।
१९ खेलको अपराजित यात्रा तय गर्दै सेमिफाइनल पुग्दा मोरोक्कोले विश्व फुटबलको ध्यान तानेको थियो । उही लयलाई कायम राख्दै मोरोक्कोले अमेरिका, क्यानडा र मेक्सिकोमा हुने फिफा विश्वकपको २३औँ संस्करणमा स्थान बनायो । त्यो पनि, छनोट हुने पहिलो अफ्रिकी राष्ट्रको रूपमा ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)
युरोकप
ओलम्पिक