महासेनानी शाह र प्रमुख सेनानी तिमल्सिना सैनिक हिरासतमा : कारणसहित तीन दिनभित्र उपस्थित गराउन सर्वोच्चको आदेश
nayapatrikadaily.com · Thu Mar 02 00:20:00 GMT 2023
सर्वोच्च अदालतले सैनिक हिरासतमा राखिएका महासेनानी महेन्द्रजंग शाह र प्रमुख सेनानी कुलदीप तिमल्सिनालाई तीन दिनभित्र कारणसहित उपस्थित गराउन जंगी अड्डालाई आदेश दिएको छ । शाहकी पत्नी शोभा कार्कीले दिएको बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिटमाथि बुधबार सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुँयालले यस्तो आदेश दिएका हुन् ।
दुई महिनादेखि सैनिक हिरासतमा रहेका उपरथी प्रेम शाहीलाई सहयोग गरेको भन्दै सेनाले शाह र तिमल्सिनालाई पनि हिरासतमा राखेको छ । सर्वोच्चले आदेश गरेकै दिन सेनाले शाह र तिमल्सिनालाई सैनिक अदालतमा बयानका लागि उपस्थित गराएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)