मधेशमा लागुऔषधविरुद्ध प्रहरीको विशेष अभियान, २० दिनमा ५८ जना पक्राउ
shilapatra.com · Sat Jul 04 14:50:00 GMT 2026

मधेश प्रदेशमा लागुऔषधको अवैध कारोबार र ओसारपसार नियन्त्रण गर्न प्रहरीले सञ्चालन गरेको विशेष अभियान प्रभावकारी बन्दै गएको छ । १ असारदेखि २० गतेसम्मको २० दिनमा प्रदेशका आठवटै जिल्लाबाट ५८ जना पक्राउ परेका छन् ।
मधेश प्रदेश प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा सिरहाबाट सबैभन्दा धेरै १५ जना रहेका छन् । त्यसपछि पर्साबाट ११, धनुषाबाट १०, महोत्तरीबाट ९, बाराबाट ५, सप्तरी र सर्लाहीबाट ३/३ तथा रौतहटबाट २ जना पक्राउ परेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)