मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

जहाज खरिद बोलपत्रमा सार्वजनिक खरिदको छानबिन

ekantipur.com · Tue Nov 28 17:04:37 GMT 2023

काठमाडौँ — तीनवटा साना जहाज खरिद गर्न नेपाल वायुसेवा निगमले अघिल्लो महिना जारी गरेको बोलपत्रमा मिलोमतो भएको भन्दै परेको उजुरीमा सार्वजनिक खरिद अनुगमन कार्यालयले छानबिन सुरु गरेको छ ।

कार्यालयका सहसचिव तथा प्रवक्ता विष्णुप्रसाद शर्माका अनुसार एउटा मात्रै कम्पनीलाई ठेक्का पर्नेगरी मिलेमतो भएको उल्लेख गर्दै सार्वजनिक खरिद अनुगमन कार्यालयसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग र पर्यटन मन्त्रालयमा समेत दर्ता भएको उजुरीमा लिखित जवाफ मागिएको छ । ‘सार्वजनिक खरिद अनुगमन कार्यालयमा सोमबार दर्ता भएको उजुरीमा के कसो भएको भनी नेपाल वायुसेवा निगमसँग प्रारम्भिक जानकारी मागेका छौं,’ प्रवक्ता शर्माले भने ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)