दसैँ बिदामा आयल निगमले इन्धन वितरण नरोक्ने
nayapatrikadaily.com · Wed Oct 18 00:44:00 GMT 2023
आयल निगमले दसैँ बिदामा देशभरका डिपोहरू खुला राखेर पेट्रोल, डिजेल र हवाई इन्धन वितरण गर्ने जनाएको छ । दसैँमा कुन–कुन दिन डिपोहरू खुला राख्ने भन्ने विषयमा देशभरका कार्यालयबाट विवरण माग गरेको प्रवक्ता मनोज ठाकुरले जानकारी दिए । ‘दसैँमा सवारीसाधनको आवतजावत बाक्लो हुने र इन्धनको खपतसमेत वृद्धि हुने हुँदा निगमको देशभरका डिपोहरू विगतमा जस्तै यसपटक पनि खुला राख्नेछौँ,’ ठाकुरले भने, ‘डिपोहरू कुन–कुन दिन खुला राख्ने भन्ने विषयमा एक–दुई दिनमै सार्वजनिक सूचनामार्फत जानकारी गराउँछौँ ।’
निगमको बागमती प्रादेशिक कार्यालय, थानकोटले सप्तमी, नवमी र द्वादशीमा डिपो खोलेर इन्धन वितरण गर्ने जानकारी केन्द्रीय कार्यालयलाई गराएको छ । ‘हामीले तीन दिन डिपो खोल्ने र अरू वेला आवश्यक परेको खण्डमा २४सै घन्टा सेवा दिन कर्मचारीसमेत खटाउने निर्णय गरेका छौँ,’ डिपो प्रमुख शैलेन्द्र भुसालले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)