मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

न्यायिक निष्पक्षता र एमिकस क्युरी

nayapatrikadaily.com · Wed Jun 23 18:22:00 GMT 2021

अदालतले विभिन्न कालखण्डमा जटिल प्रकृतिका विवादहरूमा निर्णय दिनुपर्दा विषयगत ज्ञाताहरूको सहयोग लिने पम्परागतको विश्वव्यापी मान्यतालाई नेपालको न्यायालयले पनि अंगीकार गरेको पाइन्छ । हाल अभ्यासमा रहेको सर्वोच्च अदालत (संवैधानिक इजलास सञ्चालन) नियमावली २०७२ को नियम १३ मा अदालतको सहयोगी (एमिकस क्युरी) सम्बन्धित व्यवस्था छ । उक्त व्यवस्थानुसार इजलासले एमिकस क्युरीको सहयोग लिन सक्छ । आफूसमक्ष विचाराधीन कुनै पनि मुद्दाको प्रकृति र गम्भीरतालाई विचार गरी विशेष ज्ञान र अनुभव रहेको कानुनको प्राध्यापक, कानुन व्यवसायी र विषयविज्ञ वा त्यस्तो विषयमा विशेष योगदान पु¥याएको कुनै व्यक्तिलाई इजलासको सहयोगीका रूपमा झिकाई निजको राय लिन सक्नेछ भन्ने छ । त्यसरी झिकाइएको व्यक्तिले इजलासमा उपस्थित भई सम्बन्धित विषयमा आफ्नो तटस्थ राय प्रस्तुत गर्नुपर्नेसमेत व्यवस्था छ । भारतको द फ्यामिली कोर्ट्स एक्ट १९८४ को दफा १३ मा अदालतले न्यायका लागि विशेषज्ञताको महसुस गरेमा एमिकस क्युरी बोलाउन सक्ने व्यवस्था छ ।

अक्सफोर्ड ल्यांग्वेज डिक्सनरीको परिभाषाअनुसार एमिकस क्युरीले कुनै विशेष मुद्दामा तटस्थ सल्लाहकारका रूपमा प्रस्तुत हुने व्यक्तिलाई इंगित गर्छ । एमिकस क्युरीलाई अमेरिका, बेलायतलगायतका देशमा अदालतको साथी भनेर सम्बोधन गरेको पाइन्छ, तर हामीकहाँ सहयोगी शब्द प्रयोग गरिएको छ । मेरियम वेबस्टर डिक्सनरीमा अदालतमा परेको मुद्दाका सम्बन्धमा पक्षको तर्फबाट बहस पैरवी नगर्ने, तर अदालतलाई त्यस्तो मामलामा सहयोग गर्ने व्यक्ति वा संस्थालाई एमिकस क्युरीको परिभाषामा राखिएको छ । यसरी हेर्दा स्वतन्त्र ढंगबाट कुनै विवादित विषयमा विज्ञको हैसियतले अदालतको साथीका रूपमा सहयोग गर्ने कानुनविद् वा विषयविज्ञलाई एमिकस क्युरी भन्न सकिन्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)