मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बैंकिङ कसुर मुद्दामा फरार रहिएकी दिपा ढुंगाना पक्राउ

barnanmedia.com · Tue May 27 22:42:14 GMT 2025

बैंकिङ कसुर मुद्दामा फरार रहिएकी दिपा ढुंगानालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले पक्राउ गरेको छ। भक्तपुर जिल्ला अदालतबाट २०८१ साल माघ २८ गते पक्राउ अनुमति प्राप्त गरेपछि खटिएको प्रहरी टोलीले उनलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर, भक्तपुरमा बुझाएको हो।

दिपा ढुंगानाविरुद्ध नेपाल सरकारको तर्फबाट बैंकिङ कसुरसम्बन्धी मुद्दा दायर गरिएको थियो। अदालतको आदेशपछि लामो समयसम्म फरार रहेकी उनलाई अनुसन्धानका क्रममा समातिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)