सुप्रिम बचत तथा ऋण सहकारी घोटाला प्रकरण : २८ जनाविरुद्ध मुद्दा दर्ता
ratopati.com · Mon Apr 15 17:36:00 UTC 2024

बुटवल । बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारीमा भएको घोटाला प्रकरणको मुद्दा आज जिल्ला अदालत रुपन्देहीमा दर्ता भएको छ। ओखलढुङ्गा घर भएका गितेन्द्रबाबु (जीबी) राईसहित २८ जनालाई प्रतिवादी बनाएर सरकारी वकिल कार्यालयले सोमबार जिल्ला अदालतमा मुद्दा दर्ता गराएको हो ।
सो प्रकरणमा पक्राउ परेका ६ जनाविरुद्ध भोलिदेखि थुकछेक बहस सुरु हुने जिल्ला अदालत रुपन्देहीका सूचना अधिकारी अन्तराम मरासिनीले रातोपाटीलाई बताए । उक्त सहकारी प्रकरणमा हालसम्म काठमाडौँ, पोखरा, रुपन्देहीका गरी ६ जना पक्राउ गरेका छन् । अन्य प्रतिवादीहरूलाई फरार सूचीमा राख्ने प्रक्रियामा जानेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)