१६ वर्ष कैद तोकेका व्यक्ति ९ वर्षमै छुटे, अनि पूर्वपत्नी र २ छोरीको हत्या गरे
nepalkhabar.com · Wed May 28 16:34:33 GMT 2025

बुटवलका सुजन कोइराला सरकारको सिफारिसमा राष्ट्रपतिले २०७८ असोज ३ गते माफी दिए कैदमुक्त भएका थिए। पाल्पाको तानसेन नगरपालिका ७ स्थाई घर भएका सुजनलाई आफ्नै दाजु सुधीरको हत्या अभियोगमा सर्वोच्च अदालतले १६ वर्ष कैदको फैसला गरेको थियो।
२०६९ वैशाख २७ गतेबाट उनी कैद भुक्तान गरिरहेका थिए। तर सुजनको असल चालचलन भएको भन्दै २०७८ असोज २ गते राष्ट्रपति कार्यालयमा अन्य कैदीसँगै बाँकी कैद मिनाहाका लागि फाइल पुग्यो। सुजनले राष्ट्रपतिबाट संविधान दिवसका अवसरमा आममाफी पाए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)