एक वर्षमा निगमको आम्दानी सवा २२ अर्ब
nayapatrikadaily.com · Wed Dec 20 00:28:00 GMT 2023
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेवानि)ले आर्थिक वर्ष ०७९/८० मा २२ अर्ब २४ करोड २० लाख आम्दानी गरेको छ । यो अघिल्लो वर्ष ०७८/७९ को तुलनामा ३५ प्रतिशत बढी हो । सो वर्ष १६ अर्ब ४६ करोड आम्दानी भएको महालेखा परीक्षकको लेखापरीक्षण प्रतिवेदनले देखाएको छ । त्यस्तै, आर्थिक वर्ष ०७७/७८ मा नौ अर्ब ११ करोड भएको निगमले प्रेस विज्ञप्तिमार्फत जानकारी गराएको छ । तर, कुन–कुन सेवा प्रवाहबाट कति आम्दानी भएको भनेर खुलाएको छैन ।
निगमको कुल आम्दानीमा ग्राउन्ड ह्यान्डलिङ र न्यारोबडी एयरबस ३२० जहाजको योगदान बढी छ । वाइडबडी एयरबस ३३० र आन्तरिक उडानमा भने निगमलाई घाटा रहेको छ । निगमले काठमाडौं, भैरहवा र पोखराका तीनवटै अन्तर्राष्ट्रिय विमानस्थलको भूमिस्थ (ग्राउन्ड ह्यान्डलिङ) सेवा प्रदान गर्दै आइरहेको छ । ग्राउन्ड ह्यान्डलिङ सेवा खोसिएको खण्डमा निगमले कर्मचारीलाई तलबसमेत खुवाउन नसक्ने स्थिति रहेको निगमका अधिकारीहरू बताउँछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)