संविधान र व्यवस्थाको रक्षाका लागि नयाँ गठबन्धन : गगन थापा
newsofnepal.com · Sun Mar 05 00:40:13 GMT 2023
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संविधान र व्यवस्थाको रक्षाका लागि नेपाली कांग्रेसले नयाँ गठबन्धन बनाएको बताउनुभयो । राष्ट्रपतिको निर्वाचनको सन्दर्भमा वागमती प्रदेशका सांसदहरूको भेटमा महामन्त्री थापाले यो संसद्मा पनि संसद् विघटनको ठिक थियो भन्ने हुँकार आउन थालेपछि एमाले–माओवादीसमेतको सात दलीय गठबन्धन बनेको बताउनुभयो ।
निर्वाचनका बेला बनाइएको पाँच दलीय गठबन्धनलाई पुनः जागरण गराउन सफल भएको भन्दै थापाले भन्नुभयो– ‘हामीले पुरानो गठबन्धन व्युँताएका छौं । पुस १० मा केही प्राविधिक समस्या नमिल्दा गठबन्धन टुटेपनि फेरी यो मुलुकको संविधान र वर्तमान व्यवस्था बचाउनका लागि चुनाव अघिकै गठबन्धन देशले आवश्यक ठान्यो र हामीले मुलुकमा स्थायित्व दिनका लागि आठ दलको गठबन्धन गरेका हौं । यो आठ दलीय गठबन्धमा अन्य दलहरूसमेत थपिँदै गरेकाले पाँच वर्ष ढुक्क भएर यही गठबन्धनबाट मुलुकले स्थायित्व र विकास पाउने विश्वासका साथ हामी अघि बढेका छौं ।’
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)