मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

अलमुताइरी तीन वर्ष नेपालमै बस्ने

nayapatrikadaily.com · Thu Oct 28 00:41:00 GMT 2021

नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले प्रशिक्षण गर्ने वा नगर्ने भन्ने द्विविधा समाप्त भएको छ । स्वयं अलमुताइरीले बुधबार सामाजिक सञ्जालमार्फत आफू नेपाली टोलीसँग तीन वर्ष सहकार्य गर्न तयार भएको र नेपालमै बस्ने घोषणा गरेका छन् ।यससँगै अलमुताइरीले अबको तीन वर्ष नेपाली राष्ट्रिय टोली हेर्न निश्चित भएका छन् । दुई साताअघि माल्दिभ्सको मालेमा सम्पन्न १३औँ दक्षिण एसियाली फुटबल (साफ) च्याम्पियनसिप नै नेपाली टोलीसँगको अन्तिम यात्रा भएको अलमुताइरीले घोषणा गरेका थिए । नेपाली टोली काठमाडौं फर्किंदा उनी माल्दिभ्सबाटै कुवेत फर्केका थिए । त्यसवेला उनले परिवारसँग समय बिताउनका लागि घर फर्किएको जनाएका थिए ।

अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्मा छिरिङ शेर्पा र प्रशिक्षक अलमुताइरीबीच गत साता कतार फुटबल संघको सहयोगमा वार्ता भएको थियो । एन्फा अध्यक्ष छिरिङले अलमुताइरीसँग नेपालको फुटबल विकासबारे सकारात्मक छलफल भएको सामाजिक सञ्जालमातर्फ जानकारी दिएका थिए । तर, अध्यक्ष छिरिङले अलमुताइरी नेपाल फर्कने वा नफर्कने भन्ने स्पष्ट पारेका थिएनन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)