मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

‘मन्त्रिपरिषद् विस्तार सोमबारभित्र’

ekantipur.com · Sat Sep 11 00:49:40 GMT 2021

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबारसम्ममा मन्त्रिपरिषद् विस्तार गर्ने तयारी थालेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बिहान बसेको बैठकमा देउवाले सत्ता साझेदार दलसँग मन्त्रीका लागि यथाशीघ्र नाम सिफारिस गर्न आग्रह गरेका छन् ।

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सत्ता गठबन्धन दलहरूबीच मन्त्रालय भागबन्डाको टुंगो लागेपछि मन्त्रिपरिषद् विस्तार हुने बताए । ‘ढिलोमा सोमबारसम्म मन्त्रिपरिषद् विस्तार गर्ने तयारी छ,’ उनले भने, ‘कुन दलले कति मन्त्रालय पाउने टुंगो लाग्न बाँकी छ ।’ जसपा र एकीकृत समाजवादीका नेताले आफ्ना जनप्रतिनिधिको टुंगो निर्वाचन आयोगले आइतबारसम्म लगाउने र त्यसपछि मन्त्रिपरिषद् विस्तार गर्नु उचित हुने बताएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)