गोलीकाण्डका फरार अभियुक्त कर्णबहादुर विष्टलाई पक्राउ
barnanmedia.com · Fri Mar 07 22:23:14 GMT 2025

धनगढी- बैतडीको दोगडाकेदार गाउँपालिका–८ कालागाउँमा भएको गोलीकाण्डका फरार अभियुक्त कर्णबहादुर विष्टलाई प्रहरीले पक्राउ गरेको छ। ४५ वर्षीय विष्टलाई भारतको धारचुलाबाट शुक्रवार दिउँसो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
उनले गत शनिवार भाइ नाता पर्ने २५ वर्षीय सुरेन्द्र विष्टमाथि गोली प्रहार गरी हत्या गरेका थिए। घटनापछि बन्दुकसहित फरार रहेका कर्णबहादुरलाई प्रहरीले मोबाइल लोकेसनको आधारमा ट्र्याक गरी नियन्त्रणमा लिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)