मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सञ्चार सचिवसहित तीन जना पक्राउ

gorkhapatraonline.com · Mon Jul 10 06:02:42 GMT 2023

काठमाडौँ, असार २५ गते । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउतलाई पक्राउ गरेको छ। ललिता निवासको सरकारी जग्गा हिनामिनामा संलग्न भएको पाइएपछि राउतलाई पक्राउ गरिएको सिआइबीले जनाएको छ। प्रहरी प्रधान कार्यालयले राउत पक्राउबारे प्रधानमन्त्री कार्यालय र मुख्यसचिवलाई जानकारी गराएको छ।

आइतबार दिउँसो काठमाडौँबाट विराटनगर जाने क्रममा राउतलाई सिआइबीको विशेष टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो। २०७८ पुस २१ मा सचिवमा बढुवा हुनुभएका राउतमाथि भौतिक पूर्वाधार मन्त्रालयमा शाखा अधिकृत हुँदाका बखत नक्कली मोही खडा गरी ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा नामसारी गर्ने निर्णय गरी टिप्पणी उठाएको आरोप लागेको छ। सचिव राउतसँगै ललिता निवास प्रकरणमा पक्राउ पर्नेको सङ्ख्या १२ पुगेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)