मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पत्रकार भुलको हत्यामा संलग्नलाई कारबाही गर्नुपर्ने माग

barnanmedia.com · Thu Nov 14 22:46:59 GMT 2024

काठमाडौँ, २९ कात्तिकः राष्ट्रिय दलित पत्रकार सङ्घ नेपालले पत्रकार सुरेश भुलको हत्यासम्बन्धी घटनाको थयाशीघ्र छानबिन गरेर दोषीलाई कानुनी दायरामा ल्याउनुपर्ने माग गरेको छ । सङ्घले आज विज्ञप्ति जारी गर्दै दोषीलाई कानुनअनुसार कारबाही गरी पीडित परिवारलाई न्याय र क्षतिपूर्ति दिनुपर्ने माग गरेको हो ।

सङ्घले कुटपीट गरी हत्यामा संलग्न स्थानीय पाँच जनालाई प्रहरीले पक्राउ गरेपनि पीडित परिवारले कुटपीटमा संलग्न १० जनाको नाममा किटानी जाहेरी दिइसकेको अवस्थामा प्रहरी प्रशासनले ढिदासुस्ती नगरी घटनाको यथाशीघ्र अनुसन्धान गर्नुपर्नेमा जोड दिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)