चोरी भएको ३२ थान मोबाइल बरामद
rajdhanidaily.com · Fri Mar 07 23:34:57 GMT 2025

बिराटनगर । मोरङको उर्लाबारीबाट चोरी भएको २० थान मोबाइल बरामद भएको छ। कोशी प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समुह तथा जिल्ला प्रहरी कार्यालय मोरङ, इलाका प्रहरी कार्यालय पथरी र इलाका प्रहरी कार्यालय उर्लाबारीबाट संयुक्तरुपमा परिचालन भएको प्रहरी टोलीले चोरी भएको मोवायल खोज तलासको क्रममा बिभिन्न कम्पनीका ३२ थान मोबाइल बरामद गरेको छ ।
गत माघ २१ गते मोरङको उर्लाबारी नगरपालिका-५ स्थित योगराज कार्कीको मोबाइल वल्ड पसलको सटर तोडफोड गरी चोरी भएको मोबाइलहरु खोजतलासको क्रममा परिचालन भएको प्रहरी टोलीले भारतीय प्रहरीसंगको सहकार्यमा भारतका बिभिन्न स्थानहरुबाट उर्लाबारीमा चोरी भएको २० थान मोबाइल बरामद गरेको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)