पारिवारिक विखण्डनको मारमा शालिन
onlinekhabar.com · Sat Mar 02 17:56:31 GMT 2024
१९ फागुन, चितवन । चितवनको रत्ननगर नगरपालिका (रनपा) वडा नं. १० मा रहेको शिशु निकेतन माविको छात्रावासमा यही फागुन १२ गते कक्षा ८ मा अध्ययनरत एक छात्रा शालिन पोखरेल मृत अवस्थामा भेटिइन् । घटना भएको एक साता बित्दा पनि उनको हत्या भएको हो वा आत्महत्या हो भन्ने विवरण आधिकारिक रुपमा सार्वजनिक भएको छैन ।
सो घटना भएको थाहा पाउनेवित्तिकै इलाका प्रहरी कार्यालय टाँडीको टोली घटनास्थल पुगेको थियो । प्रहरी टोलीले होस्टेल भित्रको कोठामा स्काउटको डोरीले घाँटीमा पासो लगाएर झुण्डिएको अवस्थामा फागुन १२ गते शनिबार बिहान १०.३० बजे शालिनलाई मृत फेला पारेको थियो । शनिवारको दिन भएकाले विद्यालयको नियमित पठनपाठन थिएन ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)