मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सवारी दुर्घटनाबारे संसदीय समितिमा छलफल

lokaantar.com

राष्ट्रियसभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा सवारी दुर्घटनाबारे छलफल गरिएको छ । बुधबारको बैठकमा सडक सुरक्षा र नागरिक अधिकार, सडक दुर्घटनाको अवस्था, सडक पूर्वाधार तथा सरकारको भूमिकालगायतका विषयमा जानकारसँग छलफल गरेको हो ।

छलफलमा स्वतन्त्रता अभियान नेपालका सल्लाहकार मिलन धरेलले दुर्घटना न्यूनीकरण गर्न सरकारले तत्कालै सबै सडकमा सङ्केत अनिवार्य राख्नुपर्नेमा जोड दिए । उनले निर्माणाधीन सडकमा सडक बत्ती, घुम्तीमा विपरीत दिशाबाट सवारी आएको देखिने ‘रिफ्लेक्टर’ जस्ता सङ्केत राख्न सुझाव दिए । उनले भने, 'प्रदेश र स्थानीय तहलाई सडक हस्तान्तरणसँगै सडक सुरक्षा दिग्दर्शन तथा मार्गनिर्देशनसमेत दिनुपर्छ ।'

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)