अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपाल र पाकिस्तान भिड्ने
karobardaily.com · Wed Nov 16 13:41:43 GMT 2022
अखिल नेपाल फुटबल संघको आयोजनामा बुधबार नेपाल र पाकिस्तानबीच अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने उक्त खेल बुधबार साँझ ५ बजेदेखि सुरुआत हुनेछ । पाकिस्तानविरुद्धको खेलसँगै दशरथ रंगशालामा नेपालको लागि यो ५० औँ खेल हुनेछ । पाकिस्तान फिफाको निलम्बनबाट फुकुवा भएपछि पहिलो अन्तर्राष्ट्रिय खेल खेल्न नेपाल आएको हो ।
पाकिस्तानविरुद्धको खेल खेल्नुअघि राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक प्रवेश कटुवालले पाकिस्तानविरुद्धको खेलमा जित निकाल्ने उद्देश्यका साथ मैदानमा उत्रने बताए । उनले नेपाल र पाकिस्तान भिड्दा हालसम्म पाकिस्तानले सात खेल जितेको र नेपालले पाँच खेल जितेको बताए । मुख्य प्रशिक्षक कटुवालले छोटो समयको बाबजुद राम्रो टिम बनाएको बताउँदै राष्ट्रिय टोलीका केही खेलाडी विदेश पलायन भए पनि नेपालमा नै रहेका खेलाडीबाट बलियो टिम बनाएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (karobardaily.com)