ठुलो परिमाणको लागूऔषधसहित चार भारतीय नागरिकलाई पक्राउ
barnanmedia.com · Sat Jul 26 22:29:09 GMT 2025

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ स्थित हेवी चोकबाट सशस्त्र प्रहरीले ठुलो परिमाणको लागूऔषधसहित चार भारतीय नागरिकलाई पक्राउ गरेको छ। शनिबार राति करिब साढे ८ बजे भारतबाट काठमाडौँतर्फ आउँदै गरेको स्कारपियो गाडीमा फल्स बटम बनाएर लुकाइराखिएको लागूऔषधसहित उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
सशस्त्र प्रहरी बल नेपाल, विपद् व्यवस्थापन बेस कुलेखानीबाट सशस्त्र प्रहरी निरीक्षक अमृत थापाको कमाण्डमा खटिएको टोलीले विशेष सूचनाको आधारमा भारतको सुगौलीबाट वीरगंज हुँदै काठमाडौँतर्फ गइरहेको बीआर ०५ पीए ९०९३ नम्बरको स्कारपियो जाँच गर्दा तीन वटा ढोकामा फल्स बटम बनाइ लुकाइएको अवस्थामा लागू औषध फेला पारेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)