पूर्वसभामुख महरा र छोरामाथि छानबिन माग
ekantipur.com · Thu Jul 27 00:55:57 GMT 2023
काठमाडौँ — पूर्वसभामुख कृष्णबहादुर महरा र उनका छोरा राहुलमाथि सुन तस्करीमा अनुसन्धान हुनुपर्ने माग संसद्मा उठेको छ । विद्युतीय चुरोट (भेप) भित्र लुकाएर ल्याइएको नौ किलो सुन प्रकरणमा संलग्न भएको आरोप लागेको भन्दै सांसदहरूले उनीहरूलाई अनुसन्धानको दायरामा ल्याउनुपर्ने माग गरेका हुन् ।
चिनियाँ नागरिक ली हानसङले दुबईबाट २०७९ पुस १० मा विद्युतीय चुरोटमा लुकाएर ल्याएको सुन भन्सारले जफत गरेको थियो । लीको लगेजमा रहेका ७३ बट्टामा ७ सय ३० थान भेप भेटिएको थियो । जफत भएको भेप विमानस्थल भन्सार कार्यालयमा राखिएका बेला राहुल महराले प्रमुख भन्सार अधिकृतलाई फोन गरेर लिलामी गर्नेबारेमा जिज्ञासा राखेका थिए । जफत गरिएको सुन गैरकानुनी रूपमा बेचबिखन गरेको अभियोगमा पाँच जनालाई पक्राउ गरेर पुर्पक्षका लागि थुनामा पठाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)