काभ्रेलीलाई लागेको दाग यो निर्वाचनमा पखालिनेछ : हुमागाईं
ratopati.com
लोकतान्त्रिक –बाम गठबन्धनका काभ्रेका प्रतिनिधिसभा क्षेत्र नम्बर २ का उम्मेदवार शिवप्रसाद हुमागाईँले ‘अमुक व्यक्ति’ को कारण काभ्रेलीलाई लागेको दाग यो निर्वाचनबाट पखालिने बताएका छन् । नेपाल तरुण दलले बनेपामा आयोजना गरेको कार्यक्रममा बोल्दै हुमागाईँले निर्वाचन परिणामले त्यो विषय प्रमाणित गर्ने बताएका हुन् ।
‘यसअघि निर्वाचन जितेर गएका यस क्षेत्रका प्रतिनिधिले काभ्रेलीलाई लगाएको दाग सत्य हैन, काभ्रेली जनता स्वाभिमानी छन्, निष्कलंकित छन् भन्ने कुरा मतपरिणामले प्रमाणित गर्नेछन् भन्ने विश्वास लिएको छु,’ उनले भने, ‘आलोचित अनुहार फेरि जिताउने हो र ? काभ्रेलीमाथि लागेको दाग सफा गर्न नै मेरो उम्मेदवारी हो ।’
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)