प्रतिबन्धित लागुऔषधसहित १२ जना कारोबारी पक्राउ
rajdhanidaily.com · Fri Nov 15 23:17:34 GMT 2024

विराटनगर । मोरङ, सुनसरी र संखुवासभाका बिभिन्न स्थानहरुबाट प्रतिबन्धित लागुऔषध सहित १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले झापाको मेचीनगर गरपालिका-६ स्थितबाट मुगुका २२ बर्षीय हिरा प्रसाद जैसीलाई २ ग्राम ब्राउन सुगर, दमक नगरपालिका-३ का २५ बर्षीय मनिश कुमार धिमाललाई पक्राउ गरेको कोशी प्रदेश प्रहरी प्रवक्ता भीम बहादुर दाहालले जानकारी दिए।
यस्तै,दमक-४ का २४ बर्षीय मनिश अधिकारीलाई ६ ग्राम ८ सय ४० मिलिग्राम ब्राउन सुगर, मेचिनगर नगरपालिका-१० का ३३ बर्षीय नेसरु मियालाई २ ग्राम १ सय १० मिलिग्राम लागुऔषध ब्राउन सुगर सहित र प्रहरी चौकी चारआलीले मेचीनगर -१२ का २७ बर्षीय पवन राईलाई २ ग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको प्रवक्ता दाहालले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)