मृत्युको २७ दिनपछि इनिशाको दाहसंस्कार
baahrakhari.com · Thu Apr 02 18:18:10 GMT 2026

सुर्खेत । सुर्खेतकी इनिशा विकको २७ दिनपछि दाहसंस्कार गरिएको छ । सुर्खेत जिल्ला अदालतले मंगलबार इनिशा मृत्यु प्रकरणसँग जोडिएका चारै जना किशोरलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको दुई दिनपछि परिवारले बिहीबार (चैत १९) कर्णाली प्रदेश अस्पतालको शवगृहबाट उनको शव बुझेका थिए ।
बिहीबारै सांस्कृतिक विधिअनुसार भेरी नदीमा उनको दाहसंस्कार गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक मोहनजंग बुढ्थापाले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)