एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
ratopati.com · Sat Jun 13 17:31:07 GMT 2026

काठमाडौँ । लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले ललितपुरमा एक राउन्ड गोली प्रहार गरी ठुलो परिमाणमा लागुऔषधसहित तीन जनालाई नियन्त्रणमा लिएको छ । बाराको सिम्रौनगढबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश बी ए डी ९२०१ नम्बरको रातो रङको सुजुकी कारमा लागु औषध लुकाई ल्याइँदै छ भन्ने विशेष सूचनाका आधारमा प्रहरीले यो कारबाही गरेको हो ।
ललितपुर महानगरपालिका वडा नं. २३ स्थित गैरी गाउँबाट नख्खुतर्फ आउँदै गरेको उक्त कार र बा ५२ प ४५६७ नम्बरको मोटर साइकललाई फेला पारी रोक्न खोज्दा उनीहरूले प्रहरीको निर्देशनलाई अटेर गरेका थिए । प्रहरी टोलीको नियन्त्रणबाट भाग्न खोजेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले कारको पछाडिको दाहिनेतर्फको टायरमा एक राउन्ड गोली प्रहार गरेको थियो । गोली प्रहारपछि प्रहरीले सवारी साधनहरूलाई नियन्त्रणमा लिएर
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)