मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

संसद् विघटनको मुद्दा उठाएर मत माग्दै आठ दल

ekantipur.com · Fri Mar 03 01:06:52 GMT 2023

काठमाडौँ — राष्ट्रपति निर्वाचनको दौडधुप लागेका राजनीतिक दलहरू राष्ट्रिय राजनीतिका मुद्दामा पनि दुई ध्रुवमा विभाजित बन्दै गएका छन् । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाएको आठदलीय मोर्चाले केपी शर्मा ओली सरकारले विगतमा गरेको प्रतिनिधिसभा विघटनलाई गलत भनेर प्राथमिकतासाथ उठाइरहेको छ । अर्कातिर उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई उम्मेदवार बनाएको एमालेले विघटनको कदमलाई बचाउ गरिरहेको छ ।

आठ दलका प्रतिनिधिसभा र राष्ट्रिय सभा सदस्यका लागि बिहीबार आयोजित राष्ट्रपति निर्वाचनसम्बन्धी अभिमुखीकरण कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले एमाले अध्यक्ष ओलीले प्रतिनिधिसभा विघटनको बचाउ गरेकै कारण सत्ता समीकरण बदल्नुपरेको बताएका थिए । ‘मेरा लागि प्रधानमन्त्री पद ठूलो कुरा होइन, संविधान र लोकतन्त्रको रक्षा ठूलो हो,’ उनले भनेका थिए, ‘पुस २६ गते संसद्मा मैले प्रधानमन्त्रीका रूपमा विश्वासको मत लिँदै गर्दा ओलीजीले संसद्मा जे बोल्नुभयो, त्यसले मनमा चसक्क भयो । हामी संसद् विघटनको विपक्षमा थियौं । हामी आफैंले त्यत्रो संघर्ष गरेर संसद् फिर्ता ल्याएका थियौं तर उहाँले ठीक गरेको भनेपछि सोच्न बाध्य भयौं ।’ संविधान र लोकतन्त्रको रक्षाका निम्ति आफूहरू एक ठाउँमा उभिएको दाहालको भनाइ थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)