मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विमानस्थललाई निजगढ निषेधित भएन

ekantipur.com · Thu Jun 30 00:33:49 GMT 2022

काठमाडौँ — बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन सरकारले हालसम्म गरेका सबै निर्णय बदर गरेको एक महिनापछि सर्वोच्च अदालतले फैसलाको पूर्णपाठ सार्वजनिक गरेको छ । पूर्णपाठमा निजगढमै विमानस्थल निर्माण गर्न निषेध गरिएको छैन तर पर्यावरणसम्बन्धी मापदण्डलाई अनिवार्य पालना गर्न भनिएको छ ।

गत ५ फागुनमा सुनुवाइ थालेको सर्वोच्चले सातौं पटक सुनुवाइ गरेर १२ जेठमा निजगढका नाममा सरकारले अहिलेसम्म गरेका सबै निर्णय बदर हुने आदेश सुनाएको थियो । तर, निजगढ विमानस्थल बनाउने ‘च्याप्टर क्लोज’ भएको हो कि होइन भन्ने अन्योललाई बुधबार सार्वजनिक पूर्णपाठले अन्त्य गरेको छ । फैसलाले नयाँ शिराबाट र विधिसम्मत प्रक्रियाबाट अन्य ठाउँमा जस्तै निजगढमा पनि विमानस्थल बनाउने विकल्प खुला गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)