मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

संसदीय सुनुवाइ समितिले पूर्णता पायो, सर्वोच्चले कहिले पाउला प्रधानन्यायाधीश?

nepallive.com · Tue May 30 00:28:00 GMT 2023

काठमाडौं – आइतबार संघीय संसद्‌को संयुक्त बैठकले संसदीय सुनुवाइ समितिमा रहने सदस्यहरुको टुङ्गो लगाएको छ। नेपाली कांग्रेस र नेकपा एमालेका ४–४, माओवादी केन्द्र, रास्वपा, राप्रपा र जसपा १–१ जना सदस्य रहने गरी १५ सदस्यीय सुनुवाइ समितिलाई पूर्णता दिइएको छ।

अव समितिका सभापति चयन नहुञ्जेल जेष्ठ सदस्यको नेतृत्वमा बैठक बस्न सक्ने छ। उक्त समितिमा राप्रपाका पशुपति शमशेर राणा जेष्ठ सदस्यको रुपमा रहेका छन्। उनको नेतृत्वमा छिट्टै बैठक बस्ने तयारी रहेको संसद सचिवलायले जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)