मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

१०औँ महाधिवेशन आयोजक कमिटी नै अवैध घोषणा भएकोले यसले गरेका सबै पजनी पनि खारेज भए : गोविन्द बन्दी, अधिवक्ता

nayapatrikadaily.com · Thu Jun 10 22:21:00 GMT 2021

प्रकाश ज्वालासहित कर्णाली प्रदेशमा एमालेका चार सांसदको विषयमा सर्वोच्च अदालतले जे आदेश दिएको छ, तपार्इंले यो विषयमा अदालतमा बहस गर्नुभयो । अदालतले बिहीबार दिएको आदेशको राजनीतिक र संवैधानिक अर्थ के हो ?

यसको राजनीतिकभन्दा पनि कानुनी र संवैधानिक अर्थ धेरै छ । हाम्रो संविधानले नेपालको शासन व्यवस्था संविधान र कानुनबमोजिम सञ्चालन हुने बन्दोबस्त गरेको छ । संविधान र कानुनबमोजिम भन्नाले सरकार, संसद् र न्यायालयको सञ्चालन कानुनबमोजिमभन्दा बाहेक हुँदैन । अथवा, संविधानमाथि कोही छैन, हरेकले कानुन पालन गर्नुपर्छ भन्ने हो । एमालेको दशौँ महाधिवेशन आयोजक कमिटी भन्ने एउटा संरचनाले कर्णालीका प्रदेश सभा सदस्यहरूलाई बर्खास्त ग¥यो । तर, दशौँ महाधिवेशन आयोजक कमिटी भन्ने संरचनालाई विधान, राजनीतिक दलसम्बन्धी ऐन र संविधानले पनि चिन्दैन । त्यसैले यो राजनीतिक विषय होइन, यो नीति, नियम र कानुनको विषय हो । अदालतले राजनीति हेर्दैन । तर, राजनीतिक संस्थाहरूले कानुन र संविधानको पालना गरे वा गरेनन् भनेर हेर्छ । राजनीतिक संस्थाहरू पूर्वाग्रही हुन सक्छन्, तर अदालत राजनीतिक हिसाबले पूर्वाग्रही हुँदैन । त्यसैले गैरकानुनी रूपमा जनप्रतिनिधिलाई हटाउने निर्णय कार्यान्वयन नगर्नु भनेर अदालतले अन्तरिम आदेश दिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)