पोखरामा आजदेखि संगम कप फुटबल प्रतियोगिता हुने
lokaantar.com · Mon Feb 20 01:11:45 GMT 2023
संगम क्लब पोखराको आयोजनामा आज सोमबारदेखि आठौँ संस्करणको संगम कप विल स्मृति फुटबल प्रतियोगिता २०७९ हुँदैछ । फुटवल खेलको विकास गर्ने उद्देश्यले फागुन ८ देखि १३ गतेसम्म पोखरा रंगशालामा सो प्रतियोगिता हुने क्लबले जनाएको छ । सोमबार पहिलो खेल आयोजक संगम क्लव र सत्य युवा क्लव बी १३ बीच हुनेछ । प्रतियोगिताका संयोजक शिव गुरुङका अनुसार आज सितल ज्योति क्लव र एलजी एशोसीयसनबीच दोस्रो खेल हुनेछ ।
प्रतियोगितामा १६ टिमको सहभागिता रहेको संयोजकले बताए । अखिल नेपाल फुटवल संघ (एन्फा) कास्कीमा आबद्ध भएका क्लबहरुबीच मात्र प्रतिस्पर्धा हुने प्रतियोगिताबाट कास्कीको टिम तयार पार्न २५ जना खेलाडीहरु छनौट समेत गरिने उनले बताए । प्रतियोगिताका विजेतालाई १ लाख ७५ हजार, उपविजेतालाई १ लाख र साथमा ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरिने क्लबका अध्यक्ष नरेन्द्रजंग गुरुङले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)