मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नक्कली अधिकृत बनी लाखौँ ठगी, दुई जना पक्राउ

gorkhapatraonline.com · Tue Jul 25 06:38:59 GMT 2023

काठमाडौँ, साउन ९ गते । जिल्ला प्रहरी परिसर काठमाडौँले नक्कली विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) को नक्कली कार्यालय स्थापना गरी ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ। प्रहरीले कार्यालयमा उपसचिव तथा कार्यालय प्रमुख रहेका जयराम केसी भनेर चिनिने घनश्याम कटुवाल र अधिकृत लीला भोलनलाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो।

महाराजगन्ज वृत्तका प्रहरी नायब निरीक्षक राजन ढुङ्गाना नेतृत्वको टोलीले जयरामलाई भक्तपुरको कौशलटारबाट र लीला भोलनलाई नारायणस्थानबाट पक्राउ गरेको हो। ठगीमा संलग्न मकवानपुरका भीम भोलन, मिलन तामाङ, पेम्बा तामाङलगायत फरार रहेको प्रहरीले जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)