लामिछाने र जोशीविरुद्ध काठमाडौं अदालतबाट पनि पक्राउ पुर्जी
ekantipur.com · Sun Nov 17 23:39:01 GMT 2024
काठमाडौँ — पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीविरुद्ध सहकारी ठगीमा अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको निवेदनमा अदालतले कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको बचत ठगीमा अनुसन्धान गर्न आइतबार लामिछाने र जोशीविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।
पक्राउ पुर्जी जारी भएसँगै दुवैलाई छिट्टै कास्कीबाट झिकाएर बयान लिने तयारी प्रहरीले गरेको छ । पोखराको सूर्यदर्शन सहकारी ठगीको अनुसन्धानका क्रममा लामिछाने र जोशी हाल कास्की प्रहरीको हिरासतमा छन् । हिरासतमै रहेका बेला बुटवलस्थित सुप्रिम सहकारी ठगीमा पनि अनुसन्धान गर्न रूपन्देही जिल्ला अदालतले दुवैविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)