मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नागरिकता अध्यादेश कार्यान्वयन नगर्न आदेश

rajdhanidaily.com · Thu Jun 10 23:15:53 GMT 2021

काठमाडौं । सर्वोच्च अदालतले नागरिकतासम्बन्धी अध्यादेश कार्यान्वयन नगर्न र यथास्थितिमा राख्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलासले बिहीबार अध्यादेश यथास्थितिमा राख्न आदेश दिएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले गत ९ जेठमा प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा अध्यादेश जारी गरेकी थिइन् । अध्यादेश जारी भएपछि वरिष्ठ अधिवक्ता बोर्णबहादुर कार्कीसहित ६ वटा रिट निवेदन सर्वोच्चमा परेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)