मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भक्तपुर प्रहरीद्वारा एकै दिन ६० जना पक्राउ

ratopati.com · Sat Apr 04 17:49:01 GMT 2026

भक्तपुर । जिल्ला प्रहरी परिसर भक्तपुरद्वारा सञ्चालित ‘स्विप अपरेसन’बाट शनिबार एकै दिन ६० जनालाई पक्राउ परेका छन् । प्रहरी परिसर भक्तपुरका प्रमुख एवं प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले प्रहरीद्वारा सञ्चालित ‘स्विप अप्रेसन’मा शनिबार एकै दिन जिल्लाका विभिन्न स्थानबाट ६० जना पक्राउ परेका जानकारी दिए ।

उनले भने, “यस्ता अप्रेसन विगतमा पनि गरिन्थ्यो, आजदेखि स्विप अप्रेसन सञ्चालन गरी परिसरअन्तर्गत रहेका जिल्लाका दुई प्रहरी वृत्त, प्रहरी प्रभाग र युनिटलाई परिचालन गरी अप्रेसन सुरु गरेका हौँ । आज पक्राउ परेका सबैलाई छानबिन गरेर अपराधिक घट्नामा संलग्न नभएका पाइएकामा छाड्छौँ ।”

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)