पाथीभरामा तीर्थालुको खर्च, धेरैलाई रोजगारीको आधार
ekantipur.com · Mon Aug 28 16:33:03 GMT 2023
ताप्लेजुङ — ताप्लेजुङको पाथीभरा मन्दिरलाई आव २०७९/८० मा भेटीबापत ३ करोड १९ लाख १६ हजार रुपैयाँ आम्दानी भएको छ । यो वर्ष २ लाख १ हजार ४ सय ४८ तीर्थयात्री दर्शनका लागि आएका थिए ।
मन्दिरमा आएका भक्तजनको संख्या र भेटी रकम हिसाब गर्ने हो भने एक जनाले औसत १ सय ५८ रुपैयाँ ४३ पैसा मन्दिरमा चढाएको पाइन्छ । यो रकमले पाथीभरा क्षेत्र विकास समितिले १७ जना कर्मचारी करारमा राखेको छ । उनीहरुका लागि वार्षिक ५७ लाख ५४ हजार रुपैयाँ खर्च हुन्छ । उनीहरुले सरसफाइ र तीर्थयात्रीलाई सहयोग गर्ने लगायत काम गर्छन् । बाँकी रकम यहाँको विकास निर्माण लगायतमा खर्च हुन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)