मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कांग्रेस-एमाले ७ बुँदे सहमति सार्वजनिक नभएकामा प्रश्न

ekantipur.com · Sun Jul 21 00:05:46 UTC 2024

काठमाडौँ — कांग्रेस र एमालेबीच भएको सातबुँदे सहमति तीन सातासम्म पनि सार्वजनिक नहुँदा सत्तारूढ दलभित्रै आलोचना हुन थालेको छ । प्रतिपक्ष मोर्चाले अपारदर्शी सहमतिप्रति शंका गरिरहेका बेला गठबन्धनको प्रमुख दल कांग्रेसका महामन्त्री गगन थापाले असार १७ को मध्यराति भएको सहमति तत्काल सार्वजनिक गर्न शनिबार सार्वजनिक मञ्चबाटै नेतृत्वलाई अपिल गरेका छन् ।

दुई दलको सहमतिबमोजिम एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्ति हुनेदेखि मन्त्रिपरिषद्ले पूर्णता पाउने कामसमेत भइसकेको छ । संविधानको धारा ७६(२) बमोजिम प्रधानमन्त्री नियुक्त ओलीले आइतबारको प्रतिनिधिसभाको बैठकबाट विश्वासको मत लिँदै छन् । तर, कांग्रेस र एमालेबीच के–कस्तो विषयमा सातबुँदे सहमति भएको हो भन्नेबारे प्रतिपक्ष मात्रै होइन, सत्तारूढ दल एमाले र कांग्रेसकै अधिकांश सांसद तथा नेताहरूलाई जानकारी छैन । संसद्लाई समेत त्यस विषयमा जानकारी गराइएको छैन ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)