विद्युतीय चुरोटभित्र सुन ल्याएको प्रकरणमा ५ जना थुनामा
ekantipur.com · Wed Jul 19 00:50:58 GMT 2023
काठमाडौँ — विद्युतीय चुरोट (भेप) भित्र लुकाएर ल्याएको सुन गैरकानुनी बेचबिखनमा संलग्न पाँच जनालाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएको छ । यस प्रकरणमा पूर्वसभामुख एवं माओवादी उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुलसमेत जोडिएका छन् । उनीमाथि पनि प्रहरी अनुसन्धान जारी छ ।
न्यायाधीश दीपक ढकालको इजलासले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्करी हुन लाग्दा जफत भएको सुन बेचबिखन गर्ने गिरोहका सदस्यहरूलाई तत्काल प्राप्त प्रमाणका आधारमा थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न सोमबार आदेश दिएको हो । अदालतको आदेशले ३९ वर्षीय भारतीय नागरिक साहेब राव पान्डुरङ मरग, त्रिभुवन विमानस्थलस्थित भन्सार कार्यालयका नायब सुब्बा २७ वर्षीय रेवन्त खड्का, काठमाडौं भोटेबहाल बस्ने ५४ वर्षीय वेदप्रकाश अग्रवाल, कागेश्वरी मनोहराका ३२ वर्षीय दिनेश बस्नेत र पोखरा गैह्रापाटनका २२ वर्षीय निर्मलकुमार विक थुनामा पठाइएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)